युवा बौद्ध संघको रक्तदानमा ३४ युुनिट संकलन
कास्की | बैशाख २५, २०७९
उतर राई, पोखरा: युुवा बौद्ध संघ नदिपुुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ युुनिट रगत संकलन भएको छ ।
२५६६ औ बुद्ध जयन्तीको अवसरमा युुवा बौद्ध संघद्धारा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन आज (सोमबार) ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित बुुद्ध विहार अगाडि आयोजना गरिएको कार्यक्रम संयोजक शरण शाक्यले जानकारी दिए ।
विहार प्रमुख भिक्षु धज्जवन्तोले स्थानिय बासिन्दा (रक्तदाता) भुुपेन्द्र श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अक्षयकोष दाता एवम् ईच्छाशक्ति मोवाई प्रालिका सञ्चालक इच्छामान बुद्धाचार्यले सङ्घको विभिन्न उल्लेखनीय कामहरुको प्रशंसा गर्दै शुुभकामना व्यक्त गरे ।
यसैगरि ज्ञानमाला सङ्घका अध्यक्ष श्याम शाक्य,रक्त सञ्चार प्रमुुख महेन्द्र केसी लगायतले बोलेका थिए ।
सामाजिक व्यक्तित्व, स्थानीय बासिन्दाहरु सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल रोडक्रस सोसाइटी कास्की तथा क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा रहेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

