युवा बौद्ध संघको रक्तदानमा ३४ युुनिट संकलन

कास्की | बैशाख २५, २०७९

युवा बौद्ध संघको रक्तदानमा ३४ युुनिट संकलन

उतर राई, पोखरा:   युुवा बौद्ध संघ नदिपुुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ युुनिट रगत संकलन भएको छ । 

 

२५६६ औ बुद्ध जयन्तीको अवसरमा युुवा बौद्ध संघद्धारा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन आज (सोमबार) ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित बुुद्ध विहार अगाडि आयोजना गरिएको कार्यक्रम संयोजक शरण शाक्यले जानकारी दिए ।  

 

विहार प्रमुख भिक्षु धज्जवन्तोले स्थानिय बासिन्दा (रक्तदाता) भुुपेन्द्र श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अक्षयकोष दाता एवम्  ईच्छाशक्ति मोवाई प्रालिका सञ्चालक इच्छामान बुद्धाचार्यले सङ्घको विभिन्न उल्लेखनीय कामहरुको प्रशंसा गर्दै शुुभकामना व्यक्त गरे । 
यसैगरि ज्ञानमाला सङ्घका अध्यक्ष श्याम शाक्य,रक्त सञ्चार प्रमुुख महेन्द्र केसी लगायतले बोलेका थिए ।

 

सामाजिक व्यक्तित्व,  स्थानीय बासिन्दाहरु सहभागिता रहेको उक्त  कार्यक्रममा नेपाल रोडक्रस सोसाइटी  कास्की तथा क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा रहेको थियो ।  

पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।  आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्